
काठमाडौं उपत्यकामा आज सवारी आवागमन अस्तव्यस्त बनेको छ ।
नेकपा एमालेले काठमाण्डौंको दरबारमार्गमा जागरण सभाको नाम दिदै शक्ति प्रदर्शन गर्न लागेकोले आज काठमाण्डौं उपत्यकाको ट्राफिक अस्तव्यस्त भएको हो ।
सभाअघि एमालेले र्याली निकालेकोले उपत्यकाका केही भागमा सवारी आवागमनमा समस्या भएको हो । सभास्थल दरबारमार्गमा पनि सवारी आवागमन बन्द गरिएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले वैकल्पिक सवारी रुट पनि सार्वजनिक गरेको छ ।
दरबारमार्गतर्फ आउने सवारी साधनलाई केशरमहल, महेन्द्र शालिक र जयनेपाल चोकबाट ड्राइभर्सन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
यसैबीच प्रदर्शन स्थल दरबारमार्ग र प्रदर्शनकारी हिँड्ने रुटमा सुरक्षाका लागि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रदर्शन तथा सभाका क्रममा हुनसक्ने अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्नका लागि ४ हजार भन्दा बढी प्रहरी परिचालन गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।