
काठमाण्डौं, मंसिर ८ :
प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकाका खर्बपति व्यवसायी एलन मस्कबीच भर्चुअल संवाद भएको छ ।
शुक्रबार साँझ प्रधानमन्त्री ओली र स्पेश एक्स कम्पनीका मालिक मस्कबीच भर्चुअल संवाद भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डीओजीई) को प्रमुख पदमा नियुक्त गर्नुभएको छ ।
साथै आजको कुराकानीको क्रममा प्रधानमन्त्री ओलीले मस्कलाई नेपाल भ्रमणको निम्तो समेत दिएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सन्जाल एक्समार्फत् मस्कसँग कुरा गरेको र नेपाल भ्रमणमा आउन निम्तो दिएको जानकारी दिएका हुन् ।