
काठमाडौँका विभिन्न स्थानहरूमा आज ७ घन्टासम्म विजुली जाने भएको छ।
नेपाल विद्युत प्राधिकरणले रत्नपार्क वितरणको केन्द्रको न्युरोड फिडर, महाबौद्ध फिडर र कालीमाटी फिडर अन्तर्गतका विभिन्न स्थानहरूमा बिहानदेखि अपराह्न सम्म विद्युत् अवरूद्ध हुने जनाएको छ।
न्युरोड फिडर अन्तर्गत पर्ने सङ्कटा, न्युरोड गेट, पिपल बोट, गोरखा पत्र संस्थान, भूगोल पार्क, दमकल गेट, वसन्तपुर डबली, झोसे, ओमबहाल, हनुमानढोका लगायतका क्षेत्रमा बिहान साढे ८ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत अवरूद्ध हुनेछ।
त्यस्तै महाबौद्ध फिडर अन्तर्गत पर्ने महाबौद्ध सव स्टेसन भित्र, न्युरोड गेट, रन्जना हल, विशालबजार सव स्टेसन भित्र, विशाल बजार अगाडि, गणेश स्थान ट्रमा हस्पिटल पछाडि केबुल हेडसम्म बिहान साढे ८ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् अवरूद्ध हुनेछ।
कालीमाटी फिडर अन्तर्गत पर्ने टेकु नेशनल ट्रेडिङ्ग हुदैं हनुमन्त भिमसेन स्थान, परोपकार, रामघाट, शान्ति निकेतन स्कुल, मरुहिटी, ढोकाटोल, नरदेवी हस्पिटल अगाडि, टङ्गाल, भुरुङ्गखेल क्षेत्रमा पनि बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत प्राधिकरणले जनाएको छ।
ती क्षेत्रहरूमा बाङ्गो पोल सिधा गर्ने र जीर्ण भएका पोल तथा ट्रान्सफर्मर बदली गर्नका लागि फिडर सटडाउनमा राखिने प्राधिकरणले जनाएको छ।