काठमाण्डौँ , मंसिर ९ :

प्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओली अस्वस्थ हुनुभएको छ ।

बुबालाई फोक्सोसम्बन्धी समस्या भएर महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रधानमन्त्री ओलीले बताउनुभएको हो । 

आज स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै हाल बुबाको स्वास्थ्य स्थिति सामान्य रहेको पनि उहाँले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गर्नुभएको छ ।