
काठमाण्डौँ , मंसिर १० :
देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत रहेको छ ।
हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छ भने बाँकी भागमा मौसम सफा रहेको छ ।
आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।
कोशी, र गण्डकी पहाडी भागका एक- दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
त्यसैगरी, आज राति कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशका पहाडी भागका एक- दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जारी गरेको बुलेटिनमा उल्लेख छ।