काठमाण्डौँ , मंसिर १० :

चिकित्सा शिक्षा आयोगको बैठक आज बस्दै छ ।

आयोगका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे बालुवाटारस्थित निवासमा बैठक बोलाउनुभएको हो । 

बैठकमा आयोगको गत आर्थिक वर्षमा भएका उपलब्धिको समीक्षा, चिकित्सा शिक्षा प्रदायक शिक्षण संस्था तथा शैक्षिक कार्यक्रम गाभ्ने कार्यविधि, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बाट चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्न आशयपत्र र सम्बन्धन सिफारिस लगायतका विषयमा छलफल गर्ने एजेण्डा रहेको छ ।

चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तह (पीजी) को भर्नाका विषयमा निजी मेडिकल कलेजसँग विवाद भइरहेको छ ।