
काठमाण्डौँ , मंसिर १० :
नेपाली बजारमा आज सुन- चाँदीको मूल्य बढेको छ।
आज सुन प्रतितोला एक हजार सात सय रुपैयाँ बढेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आज चाँदी २० रुपैयाँले बढेर प्रतितोला एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।