काठमाण्डौँ , मंसिर १० :
प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले पदबाट राजीनामा दिनुभएको छ ।
शिक्षा मन्त्रालयको सचिवबाट अवकाश पाएपछि गत असारमा उहाँ प्रतिनिधि सभाको सचिव बन्नुभएको थियो ।
स्वास्थ्यको कारण देखाउँदै आज आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबारबाट लागू हुनेगरि राजीनामा बुझाएको उहाँले बताउनुभएको छ ।