काठमाण्डौं, मंसिर १० :

काठमाडौं महानगरपालिकाले काठमाण्डौंको दरबारमार्गमा एमालेले गरेको जागरण कार्यक्रम स्थलमा फोहोर गरेको भन्दै तोकिएको  एक लाख जरिवानाको पत्र लिएर गएको महानगरको टोली पत्र नबुझाई  फर्किएको छ ।

आज  पार्टी कार्यालय च्यासल पुगेको महानगरको टोलीलाई आफूहरू आयोजक नभएको भन्दै एमालेले पत्र बुझ्न अस्वीकार गरेपछि टोली फर्किएको छ । 

सो जागरण कार्यक्रमको आयोजना काठमाण्डौं,ललितपुर र भक्तपुर जिल्ला कमिटिले गरेको भन्दै पत्र बुझ्न नमानेको बताईएको छ ।

दरबारमार्गमा गएको शुक्रबार जागरण सभामा  सडक तथा पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरले एमालेलाई जरिवाना पत्र लेखेको थियो ।

महानगरपालिकाले फोहरमैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ बमोजिम जरिवाना तोकिएको उल्लेख गरेको छ ।