काठमाण्डौँ , मंसिर ११ :

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा आज धनुषा जाँदै हुनुहुन्छ ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका देउवा जनकपुरधाम उपमहानगरपालिका- २५ लोहनामा पार्टीले आयोजना गरेको चुनावी सभामा सहभागी हुन जान लाग्नुभएको हो ।

सभापति देउवाले आज दिउँसो लोहनामा हुने कार्यक्रमलाई सम्बोधन गर्ने र आजै साँझ काठमाडौँ फर्किने कार्यक्रम रहेको जनाइएको छ ।