
काठमाण्डौँ , मंसिर १२ :
परराष्ट्र मन्त्री आरजु राणा देउवा पर्सि बिहीबार चीन भ्रमणमा जानुहुने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रीको चीन भ्रमण स्वीकृत गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण तयारीका लागि मन्त्री राणा मंसिर १३ देखि १५ गतेसम्म चीनमा रहने जनाइएको छ।