सोमबार, २३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति विदेश

अमेरिकी राष्ट्रपति वाइडेनले घोषणा गरे इजरायल-लेवनानबीचको युद्धविराम सहमति

संयुक्त राष्ट्रसंघद्वारा स्वागत
· बुधबार, १३ मंसिर, २०८१ मा प्रकाशित
अमेरिकी राष्ट्रपति वाइडेनले घोषणा गरे इजरायल-लेवनानबीचको युद्धविराम सहमति
काठमाडौँ, मंसिर १३ :

इजरायल र लेबनानबीच भएको युद्धविराम सहमति केहीबेर अघिदेखि कार्यान्वयनमा आएको छ । 

अमेरिकी राष्ट्रपति जो वाइडेनले  टेलिभिजनमार्फत इजरायल र लेवनानबीच युद्ध विराम भएको घोषणा गरेसँगै यी दुई देशबीच युद्धविराम कार्यान्वयनमा आएको हो ।

बिबिसीका अनुसार युद्धविराम प्रस्तावमा इजरायलले हिजै स्वीकृति दिएको थियो । 

यसैबीच, युद्धविराम कार्यान्वयनमा जानु केहीबेर अघिसम्म पनि इजरायली सेनाले हिज्बुल्लाहमाथिको आक्रमण जारी राखेको थियो ।

युद्धविराम प्रस्तावको संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार