
नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
आजका लागि तय भएको विनिमयदर अनुसार अमेरिकी डलर, युरोपियन युरो, अष्ट्रेलियन डलर लगायतको मूल्य बढेको छ ।
आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४८ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय एक सय ७० रुपैयाँ ९० र बिक्रीदर एक सय ७१ रुपैयाँ ६६ पैसा रहेको छ ।
स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ६१ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ २९ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिदद र ९६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय रुपैयाँ ८३ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ८८ पैसा र बिक्रीदर आठ रुपैयाँ ९२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा कायम भएको छ ।
त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ र बिक्रीदर ३७ रुपैयाँ १७ पैसा कायम भएको राष्ट्र बैङ्कले जनाएको छ ।