काठमाण्डौँ , मंसिर १५ :

नेपाली बजारमा बिहीबारको तुलनामा आज सुन र चाँदीको मूल्य बढेको छ । 

सुनको मूल्य प्रतितोला एक हजार छ सय र चाँदीको मूल्य प्रतितोला ४५ ले बढेको हो ।

हिजो सुन प्रतितोला एक लाख ४९ हजार तीन सयमा कारोबार भएको थियो । आज प्रतितोला एक हजार छ सयले बढेर रू एक लाख ५० हजार नौ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, हिजो चाँदी प्रतितोला एक हजार आठ सयमा कारोबार भएकोमा आज प्रतितोला ४५ ले बढेर एक हजार आठ सय ४५ रुपैयाँ कायम भएको छ ।