
पाल्पा, साउन २४ :
पाल्पाको गेझा स्वास्थ्यचौकीले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दिन थालेको छ । रामपुर नगरपालिका-१० स्थित स्वास्थ्यचौकीमा आउने गर्भवतीले सेवा पाउनेछन् ।
चालु आर्थिक वर्षदेखि घरबाट अस्पतालसम्म र अस्पतालबाट घरसम्म सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दिन थालिएको स्वास्थ्यकर्मी जगन्नाथ भण्डारीले बताउनुभयो । सुत्केरीलाई एक क्यारेट अण्डा पनि दिइने स्वास्थ्यचौकीले जनाएको छ ।
यातायातको अभाव तथा आर्थिक समस्याले गर्भवतीलाई स्वास्थ्य संस्थामा पुग्न कठिन नहोस् भन्ने उद्देश्यले एम्बुलेन्स सेवा उपलब्ध गराएको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले जानकारी दिनुभयो ।