
बागलुङ, साउन २५ :
बागलुङ तमानखोला गाउँपालिकाले तमान गाउँमा रहेको पञ्चायत घर १० लाख रुयौया खर्च गरेर जीर्णोद्धार गरेको छ । स्थानीय स्रोत प्रयोग गरी जीर्णोद्धार भएको उक्त घरलाई सङ्ग्रहालय र पुस्तकालयका रूपमा विकास गरिने गाउँपालिकाले जनाकएको छ ।
तमानखोला गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा विनियोजन गरेको दश लाख र स्थानीयको श्रमदानबाट जीर्णोद्धार भएको घरलाई तमानखोला गाउँपालिका वडा नम्बर-३ ले कार्यालयका रूपमा सञ्चालन गरेको छ ।
वडा कार्यालयको भवन निर्माणाधीन रहेकाले त्यो पूरा हुनेवित्तिकै नयाँ घरमा कार्यालय सारिने र पञ्चायतघरलाई पुस्तकालयमा परिणत गरिने वडाध्यक्ष झकबहादुर बुढामगरले जानकारीदिनुभयो ।
पञ्चायतकालमा उक्त घरमा गाउँ पञ्चायतका प्रमुख, उपप्रमुखलगायत पदाधिकारीको कार्यालय रहेको थियो ।