सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम #मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम
खेलकुद फुटबल

इलाम गोल्डकप: सङ्कटालाई ‘ट्राइबेकर’ मा हराउँदै आयोजक रेडहर्स विजयी

· शनिबार, २३ मंसिर, २०८१ मा प्रकाशित
इलाम गोल्डकप: सङ्कटालाई ‘ट्राइबेकर’ मा हराउँदै आयोजक रेडहर्स विजयी
इलाम, मंसिर २३ :

इलाम गोल्डकपको दोस्रो संस्करणको उद्‌घाटन खेलमा सङ्कटा क्लब काठमाडौँलाई हराउँदै आयोजक रेडहर्स फुटबल क्लब दोस्रो चरणमा पुगेको छ । 

खेलको निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि ट्राइबेकरबाट नतिजा निकालिएको हो । ट्राइबेकरमा चार तीन गोल अन्तरले आयोजक रेडहर्स फुटबल क्लब विजयी भएको छ ।

खेलको ‘म्यान अफ दी म्याच’ आयोजक रेडहर्सका गोलकिपर विवेक मगर भए । शनिबारदेखि खेल सुरू भएको हो । आइतबार दार्जिलिङ र एनआरटीबीच दिउँसो २ बजेदेखि प्रतिस्पर्धा हुने आयोजक संस्थाले जनाएको छ । ‘ए डीभिजन’ सहित आठ टोली सहभागी प्रतियोगिता मङ्सिर २९ गतेसम्म सञ्चालन हुने भएको छ ।

इलाम गोल्डकपको दोस्रो संस्करणमा पुरस्कार राशि बढाएर दोब्बर बनाइएको बताइएको छ । विजेताले नगद रू १० लाख पाउनेछ । उपविजेताले रू पाँच लाख पाउने आयोजक समितिका अध्यक्ष साङ्गे यल्मुले जानकारी दिनुभयो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार