काठमाण्डौँ , मंसिर २४ :

सङ्घीय संसद् अन्तर्गत विभिन्न तीनवटा समितिका बैठक बस्दैछन् । 

आज राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, दिउँसो २ बजे सिंहदरबारमा बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि दफावार छलफल हुने छ ।

यसैगरी, विधायन व्यवस्थापन समितिको दिउँसो साढे २ बजे बस्ने बैठकमा नेपाल लेजिस्लेटिभ एकेडेमीसँग छलफल गर्ने तयारी रहेको छ ।