बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार खेलकुद क्रिकेट

लुम्बिनीले जितका लागि चितवनलाई दियो १६८ रनको लक्ष्य

· मंगलबार, २६ मंसिर, २०८१ मा प्रकाशित
लुम्बिनीले जितका लागि चितवनलाई दियो १६८ रनको लक्ष्य
मंसिर २६ :

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत लुम्बिनी लायन्सले चितवन राइनोजसामु १६८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६७ रन बनाएको छ ।


लुम्बिनी लायन्स रोहित पौडेलको कप्तानमा रहेको छ भने चितवन कुशल मल्लको कप्तानीमा मैदानमा उत्रिएको छ ।

यसअघिका चार खेलमा पराजित भएको लुम्बिनी पहिलो जितको खोजीमा रहेको छ । यस्तै, चारमध्ये तीन खेलमा जित र एकमा हार बेहोरेको चितवन चौथो जित निकाल्ने योजनामा छ ।

यसअघिका खेलमा लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

यता, चितवनले भने काठमाडौं, पोखरा र चितवनलाई हराएको थियो भने कर्णाली याक्ससँग पराजित भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार