काठमाण्डौँ , मंसिर २८ :

किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछन् । 

पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किङ्स र दोस्रो खेला काठमाण्डौँ गुर्खाज् र जनकपुर बोल्ट्सबीच हुनेछ । 

हालसम्म काठमाण्डौँले दुई खेल जितेको छ भने पाँच खेलमा स्पर्धा गरेको जनकपुर चार खेलमा विजयी भएको छ । 

पहिलो खेल अहिले बिहान ९ः १५ र दोस्रो खेल १ः १५ बजे हुने सुरु हुने छ ।