मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो #मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो
खेलकुद फुटबल

सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा गर्ने घोषणा

· बिहीबार, २८ मंसिर, २०८१ मा प्रकाशित
सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा गर्ने घोषणा
काठमाण्डौँ , मंसिर २८ :

अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा संयुक्त आयोजना गर्ने निर्णय गरेको छ । 

फिफाको लउसेनमा बसेको विशेष साधारणसभाले यो निर्णय गरेको हो ।

त्यसैगरी सन् २०३४ को विश्वकप भने साउदी अरेबियामा हुनेछ । फिफाको विशेष साधारणसभाले दुई संस्करणको विश्वकपबारे एकसाथ मतदानको मध्यमबाट निर्णय गरेको हो ।

सन् २०२६ को विश्वकप भने उत्तर अमेरिकामा हुँदैछ । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा यो विश्वकप आयोजना गर्नेछन् । यो निर्णय यसअघि नै भइसकेको छ ।

स्पेन, पोर्चुगल र मोरक्कोमा हुने सन् २०३० को विश्वकपका केही खेल भने अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा हुनेछन् । विश्वकप आयोजनाको सय वर्षको अवसरमा तीन खेल यी देशमा हुने भएका हुन् ।

यसअघि २०२२ को विश्वकप कतारमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार