काठमाण्डौँ , पुस १ :

नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगरले किंग्सले काठमाण्डौँ गुर्खाजलाई ११८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले १९.५ ओभरमा अलआउट हुँदै ११७ रन बनाएको हो ।

विराटनगरका राजेश पुलामीले २५, दिपक बोहराले २०, स्कट इडवार्डले १५, बसिर अहमदले १३ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

विराटनगरलाई अलआउट गर्ने क्रममा काठमाण्डौँका गेरहार्ड इरास्मुसले तीन, दीपेश कँडेलले २ तथा शहाब आलम, करण केसी र डन डाउथवाइटले एकरएक विकेट लिए ।