
साउन २५ :
जुम्लामा पछिल्लो तीन वर्षको अवधिमा सवारी दुर्घटनामा परेर २८ जनाको मृत्यु भएको छ । सो अवधिमा ९१ सवारी साधन दुर्घटना भएका छन् ।
दुर्घटनामा ४३ जना गम्भीर घाइते तथा एक सय २७ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक केशवसिंह धामीले बताउनुभयो ।
तीव्र गतिका कारणले सवारी साधन बढी दुर्घटना हुने गरेको पाइएको छ । यस्तै, सडकको अवस्था, ट्राफिक नियम उल्लङ्घन, चालकको लापरबाहीका कारण पनि दुर्घटना बढी हुने गरेको छ ।
जिल्लामा पाँच वटा अस्थायी ट्राफिक पोष्ट रहेको जनाइएको छ ।