
काठमाडौँ, साउन २५ :
साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ६.७ अंकले बढेको छ । आज सेयर बजारमा २० अर्ब ७ करोडको कारोबार भएको छ ।
आज तीन सय २२ वटा कम्पनीका पाँच करोड नौ लाख कित्ता शेयर कारोबार भएको हो। आज शिवम् सिमेन्ट्स र हिमालयन रिइन्सुरेन्स कम्पनीको एक अर्ब रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको छ ।
यस्तै, एनआरएन इन्फास्ट्रक्चर आठ दशमलव शुन्य चार,सानिमा बैंकको ऋणपत्र सात दशमलव ६९,आरम्भ चौतारी लघुवित्त चार दशमलव ९३,रुरु जलविद्युत् परियोजना चार दशमलव ८४ र हाथवे इन्भेस्टमेन्टका लगानीकर्ताले चार दशमलव ५६ प्रतिशतले गुमाएका छन् ।