
काठमाण्डौँ , पुस २ :
नेपाल प्रिमियर लिग (एनपीएल) को अन्तिम खेलमा सुदूरपश्चिम रोएल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ ।
सुदूरपश्चिमले टस जितेर बलिङ रोज्दै कर्णालीलाई ब्याटिङको निम्तो दिएको छ । खेल टीयू अन्तर्राष्ट्रिय मैदानमा बिहान ९ः १५ बजे सुरु हुनेछ ।