
काठमाण्डौँ , पुस ४ :
नेपाल प्रिमियर लिग (एनपिएल) को इलिमिनेटर खेलमा चितवन राइनोजले कर्णाली याक्स विरुद्ध टस जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । योसगै कर्णाली याक्सले पहिला ब्याटिङ गर्दैछ ।
यस खेलको विजयी टोलीले फाइनल प्रवेशका लागि आजै हुने पहिलो क्वालिफायरको पराजित हुने टोलीसँग भोलि खेल्नेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज हुने पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।
उक्त खेल दिउँसो १ः ०० बजे हुनेछ ।