
ललितपुर महानगरपालिकाले पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ट्राफिक लाइटको प्रयोग सुरु गरेको छ । अब ललितपुर पुल्चोकमा ट्राफिक प्रहरीले सिठ्ठी फुकेर हातले इशारा गर्दै गाडी रोक्ने, पठाउने गर्नु नपर्ने भएको छ ।
महानगरका प्रमुख चिरीबाबु महर्जनले पुल्चोकस्थित महानगर कार्यालय अगाडि चोकमा राखिएको लाइटको स्विच अन गरेर उक्त लाइट उद्घाटन गरेक थिए । महानगरले कुपन्डोलदेखि जावलाखेलसम्म पाँच ठाउँमा यस्ता लाइट जडान गरेको छ ।
पहिलो चरणमा पुल्चोकमा दुई, कानदेवता स्थानमा एक, दमकल चोकमा एक र जावलाखेलमा एक गरी पाँचवटा लाइट जडान गरिएको गरिएको छ नयाँ ट्राफिक लाइटले सवारीसाधनको चाप अनुसार निर्णय लिन्छ ।
‘ट्राफिक लाइटमा जडित भेइकल डिटेक्टरले सडकमा कति सवारीसाधन छन् भन्ने तत्काल रिड गर्छ र त्यसअनुसार सिस्टमले हरियो बत्ती बल्ने समय निर्धारण गर्छ।’ कार्यालय समयमा पनि चालकहरूले धरै समय जाम मा बस्नु नपर्ने अपेक्षा गरिएको छ।
यसका लागि लाइटसँगै राखिएको ‘भेइकल डिटेक्टर मेसिन’ले सडकमा रहेका सवारी साधनको संख्या तत्काल मापन गरेर ट्राफिक लाइटलाई जानकारी गराउने ललितपुर महानगरपालिका नगर परहारी प्रमुख सिताराम हाथेछु ले बताउनु भयो ।भीआइपि सवारी र आन्दोलन हुदा मात्र लाइट बन्द हुने र यो लाइट २४ सै घण्टा चलिरहने नगर प्रहरी प्रमुखको भनाइ छ ।
यो सिस्टमले पाँच वर्षसम्मका सवारीसाधनको डेटा र दुर्घटनासम्बन्धी रेकर्ड सुरक्षित राख्न सक्ने बताइएको छ । हरियो र रातो बत्तीको समयावधि सवारी चापअनुसार स्वचालित रूपमा समायोजन हुन्छ।
यस्तो प्रविधिमा आधारित यो नेपालमै पहिलो ट्राफिक लाइट हो ।।