काभ्रे, पुस ९ :

काभ्रेको रोशी गाउँपालिका १ का वडाध्यक्ष श्रीदास लामाको निधन भएको छ ।

अध्यक्ष लामाको आइतबार उपचारका क्रममा निधन भएको हो । नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्यसमेत रहनुभएका लामा २०७४ को निर्वाचनमा पनि वडाध्यक्ष हुनुहुन्थ्यो।

लामो समयदेखि लामा क्यान्सर रोगको उपचार गराउँदै आउनुभएको जनाइएको छ । 

लामाको निधनप्रति रोशी गाउँपालिका र नेकपा एमाले काभ्रेले वक्तव्य जारी गर्दै दुख व्यक्त गरेका छन् ।

वडाध्यक्ष लामाको निधनमा रोशी गाउँपालिकाले आज शोक बिदा दिइएको छ ।