काठमाडौँ, पुस १० :

त्रिभुवन विश्वविद्यालयस्थित केन्द्रीय पुस्तकालय नयाँ भवनमा सरेसँगै विद्यार्थीहरुले थप सुविधा पाएका छन । 

नयाँ भवनमा अध्यन गर्न  आउने विद्यार्थीहरु यहाँको सुविधा र नयाँ व्यवस्थाबाट निकै खुशी देखिन्छन । नयाँ भवनमा इन्टरनेट को सुविधा  हुँदा अनलाइन पढ्न सहज  भएको  भएको विद्यार्थीहरुको भनाइ छ ।  

विश्वविद्यालयले  गरेको काम  प्रति  आफुहरु खुशी भएको विद्यार्थीहरुको भनाइ छ । भारतीय सहयोगमा निर्मित तीनतले पुस्तकालय भवनमा दुई हजार विद्यार्थीले अध्ययन गर्न सक्नेछन।  

तीन तला नयाँ भवन अपांगमैत्री तथा सुविधा सम्पन्न बनाइएको छ।  ०७७ मा पुस्तकालय भवन निर्माण सुरु भएको थियो । पुस्तकालयमा भारतीय पुस्तकको छुट्टै कोठासमेत  रहेको छ।  नयाँ भवनमा इन्टरनेटको सुविधा सहित तातो र चिसो पानीको व्यवस्था गरिएको छ।  

 त्रिभुवन विश्वविद्यालयका सबै विभागका  विद्यार्थीहरुलाई  कार्डको आधारमा  पढ्ने व्यवस्था  मिलाइएको  पुस्तकालयका मुख्य कार्यालय सहायकले बताएका  बताउनु भयो। 

नयाँ भवनमा  लोक सेवा तयारी गरिरहेका विद्यार्थीहरुलाई अध्ययन गर्न अनुमति भने दिइएको छैन ।