शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण #निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण
समाचार शिक्षा कला

नेवाः संस्कृति जोगाउन पोखरामा तायाः मचाः नृत्य प्रतियोगिता हुने

· शुक्रबार, २६ साउन, २०८१ मा प्रकाशित
नेवाः संस्कृति जोगाउन पोखरामा तायाः मचाः नृत्य प्रतियोगिता हुने
साउन २६ :

पोखरामा नेवाः संस्कृति जोगाउने उद्देश्यले तायाः मचाः नृत्य प्रतियोगिता हुने भएको छ । पोखरा लेखनाथ महानगरपालिका-३२ तल्लो गगनगौँडास्थित गगन नेवाःखलको आयोजना तथा लेखनाथ नेवाः खलःको आह्वानमा सातौँ लेखनाथस्तरीय तायाः मचाः नृत्य प्रतियोगिता हुने भएको हो ।

गगन नेवाःखलःले आज पत्रकार सम्मेलन गरि शताब्दीऔँदेखि चल्दै आएको नेवार समुदायको मौलिक तथा सांस्कृतिक नृत्य तायाः मचाःको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ आगामी भदौ १५ गते नृत्य प्रतियोगिता एवं गाइजात्रा महोत्सव गर्न लागिएको जानकारी दिएको हो ।

महोत्सवसँगै नयाँ युवापुस्तामा आफ्नो सांस्कृतिक, परम्पराको महत्वलाई बुझाई यसको संरक्षण र प्रवर्द्धन गर्दै निरन्तरताको बोध गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको खलःका सचिव शरणकुमार प्रधानले जानकारी दिनुुभयो। 

नृत्य प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ४० हजार, ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र तथा मेडल प्रदान गरिने उहाँले बताउनुभयो । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार