काठमाडौँ, साउन २६ :

विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंमा झाँकीसहितको र्‍याली निकालिएको छ । आदिवासी जनजाति समुदायले आज ३० औं विश्व आदिवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरेर मनाउँदै छन् ।

संयुक्त राष्ट्रसंघले यस पटक स्वेच्छिक रुपमा अलग बसिरहेका र भर्खरै सम्पर्कमा आएका आदिवासीहरुको अधिकार संरक्षण भन्ने मूल नारा तय गरेको छ ।

नेपाल आदिवासी जनजाती महासंघको नेतृत्वमा विभिन्न जातीय संस्थाहरुले आज आ-आफ्नो ब्यानर बोकेर काठमाडौंमा र्‍याली निकालेका हुन् । 

आदिवासी दिवसको अवसरमा जनजाती महासंघले प्रज्ञा भवनमा एक समारोहको आयोजना गरेको छ ।