काठमाडौँ, साउन २६ :

काठमाडौँको गोकणेश्वरस्थित जोरपाटीको एउटा धागो कारखानामा आगोलागी भएको छ ।

 गोकर्णेश्वर नगरपालिका वडा नम्बर २ मा रहेको बुद्धिबहादुर कार्कीको  हिमालयन उन कारखानामा आगोलागी भएको प्रहरीलेपुष्टि गरेको छ।

आगोलागी पछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणको प्रयास गरेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरबाट गएका पाँच वटा दलमकले आगो नियन्त्रणको प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभयो ।

अहिले आगो नियन्त्रणमा आइसकेको र क्षतिको बिवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।