काठमाडौँ, पुस १७ :

सन् २०२४ लाई विदाइ गर्दै नयाँ वर्ष सन् २०२५ को रौनक सुरु भएको छ। पर्यटकदेखि नेपाली युवा पुस्ता ‘न्यु इयर इभ’ मनाउन तयारीमा छन्। खासगरी नयाँ वर्षको पूर्वसन्ध्यामा पर्यटकीय नगरी ठमेलमा विभिन्न कार्यक्रमको आयोजना गरी नयाँ बर्ष मनाइने गरिन्छ ।

 अंग्रेजी नयाँ वर्ष विदेशी पर्यटकका लागि मात्र नभई स्वदेशी पर्यटकका लागि पनि उल्लासमय पर्वका रुपमा स्थापित हुँदै गएको छ ।  पर्यटकलाई लक्षित गरेर पर्यटन व्यवसायीले आफ्ना सेवामा विभिन्न आकर्षण पनि देखाइरहेका छ। ठमेलमा  न्यु इयर इभ मनाउन सन्ध्यामा कन्सर्ट को तयारी पनि भैरहेको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष ध्रुव अधिकारी बताउँछन । 
यसैगरी,  ठमेलमा आफनी ट्रेकिंग व्यवसाय संचालन गरिरहेका व्यासयीहरु पनि सरकारले सरकारले पर्यटकलक्षित नया कार्यक्रमहरु ल्याउनुपर्ने बताउछन। 

ठमेलमा म्युजिकल प्रोगामदेखि विभिन्न खानाका स्वादमा पर्यटकलाई स्वागत गर्ने तयारी भइरहेको छ। 
काठमाडौँको ठमेल, कास्कीको पोखरा र चितवनको सौरहा नयाँ बर्ष मनाउनेहरुका लागि मुख्य आकर्षक ठाउँहरु मानिन्छन ।
त्यसो त पर्यटन मन्त्रीले आजै सन २०२५ देखि २०३५ सम्मको दश बर्षलाई पर्यटक दशकको रुपमा मनाउने घोषणा गरिसक्नुभएको छ।