अन्नपूर्ण गाउँपालिका- ४ नारच्याङ बेँसीमा एक करोडभन्दा बढीको लागतमा खानेपानी आयोजना निर्माण सुरु भएको छ ।
ब्रिटिस गोर्खा वेयलफेयर आर्थिक तथा प्राविधिक सहयोग र उपभोक्ताको श्रमदानमा एक करोड आठ लाख ३१ हजार सात सय ५६ को लागतमा खानेपानी आयोजना निर्माण सुरु भएको हो ।
आयोजनाबाट नारच्याङ बेँसीगाउँका एक सय ९० परिवार लाभान्वित हुने अन्नपूर्ण गाउँपालिका- ४ नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो ।
विद्यालय, स्वास्थ्यचौकी, युवा क्लब, आमा समूह, मन्दिर र छात्रावासमा पनि धारा जडान गरिने जनाइएको छ । गोर्खा वेयलफेयरको ८७ लाख ६५ हजार छ सय ७२ अनुदान रहने आयोजना निर्माणमा उपभोक्ताले २० लाख ६६ हजार ८३ बराबरको श्रमदान गर्नुपर्नेछ ।
आगामी चैत महिनाभित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य सहित मुहान, ट्याङ्की, धारा र पाइपलाइनको काम तीव्र गतिमा भइरहेको वडाध्यक्ष फगामीले बताउनुभयो ।