काठमाण्डौँ , पुस २१ :

वरिष्ठ साहित्यकार टङ्क भट्टराईको शब्दमा रहेको ‘दिलमायाको चिया दोकान’ बोलको गीत भावसागर युट्युब च्यानलबाट सार्वजनिक भएको छ । 

सङ्गीतकार राजनराज सिवाकोटीको सङ्गीत, गायिका मिलन नेवार र वरिष्ठ इन्जिनियर वीरेन्द्र श्रेष्ठको स्वरमा सजिएको गीतलाई ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड तथा किशोर थापाले मिक्स/ माष्टर गरेका छन  । 

ताप्लेजुङको फुङलिङ बजारमाअवस्थित यो ‘चिया दोकान’को लोकप्रियता यसको स्वाद र यो गीतसँग जोडिएको छ  । 

गीतको भिडियोमा नव कलाकारहरु नवीन भट्टराई, मारियम सिवा, निर्मला लावुङ (मिरा), दिनेश लिङ्खिम लगायतले अभिनय गरेका छन ।  गीतको कोरियोग्राफी हिमा बराईली (बि बोइङ डान्स सेन्टर) ले गरेकी छिन । 

क्यामेरामा भुपेन्द्र योङ्हाङफुङ्सो जबेगु, मेकप आर्टिस्ट शान्ति ब्युटी पार्लर फुङलिङ बजार रहेका छन ।  भिडियोको निर्देशन मिलन विश्वकर्माले गरेका छन भने प्रोडक्सनको पूर्ण जिम्मेवारी पाथीभरा कृयशन हाउस प्रा. लि. का हर्कराज गुरुङले गरेका छन ।

बदलिदो समाजलाई हाम्रो मौलिक परिचय ‘चिया दोकान’ ले परिभाषित गर्ने हेतु ताप्लेजुङमा सहायक प्रमुख जिल्ला अधिकारी समेत रहेका साहित्यकार  भट्टराईले जुराएको नाम ‘दिलमायाको चिया दोकान’ ले नेपाली मौलिकता र राजनीति विश्लेषण गर्ने थलोको रुपमा परिभाषित छन । 

अडियो भिडियोको निर्माणमा प्रजिन हाङबाङ, युवराज गिरी, लोकेश लिवाङ, काजी गुरुङ, हर्क राज पालुङ्वा, डम्बर लङ्वा, युवराज घोर्साईं, राजेन्द्र पन्त, सुनिल रेग्मी, आशिष केदेम, करण गौतम, रमला लिम्बु, सुरेन्द्र कार्की / मनिसा भट्टराई – कालिज कटेज, दिनेश लिङ्खिम, लेखक प्रशान्त, छेतेन शेर्पा खगेन्द्र अधिकारी, एलिना दियाली,सन्तोष पुर्कुटी, सेविका (दिलमाया) लगायतको सहभागिता रहेको छ  ।