
गायक सविन श्रेष्ठले ‘बिहानीको किरण...’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । गीतमा उनकै शब्द र संगीत छ ।
गीतले प्रेम र एक-अर्काबीचको साथको कुरा गर्छ । धोकाधडीमा रुमलिएको युवायुवतीको प्रेममा विश्वास र भरोसाको अपेक्षाको कुरा गर्छ । गीतमा निश्चल र स्वच्छ प्रेमको बयान छ ।
बिहानीको किरण...’ सविनप्रतिको आशा र उनको संगीत यात्राको उत्सव पनि हो । प्रेम र साथको सुन्दर भावनालाई समेटेर तयार पारिएको गीतले स्रोतालाई सविनको कथा पनि भन्छ ।
‘संगीतले मलाई नयाँ जीवन दिएको छ । यो गीत मेरो जीवनको त्यही यात्रा हो, जसले मलाई जिन्दगीलाई फेरि प्रेमिल बनाएको छ,’ सविन भन्छन्, ֹ‘केही आफ्नै भोगाइ र केही कल्पनाको समीक्षण गीतमा समेटेको छु ।’
सविनले गीतको भिडियोमा जीवन भट्टराई र लक्ष्मी बर्देवाले अभिनय गरेका छन् । भिडियोको निर्देशन पनि जीवन र लक्ष्मीले नै गरेका छन् । बुद्ध थापाले खिचेको भिडियो विष्णु खड्काले सम्पादन गरेका छन् । गीत निर्माणमा दिमेश श्रेष्ठलगायतको लगानी छ ।
यसअघि, सविनले ‘माया...’ बोलको गीत सार्वजनिक गरेका थिए ।