जुम्ला, साउन २८ :
पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।
सुर्खेत - जुम्ला सडक अन्तर्गत कालिकोटको पिली, कल्यानखोला र बिर्तामोडमा खसेको पहिरो हटाएसँगै अवरुद्ध सडक आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिनुभयो ।
उक्त स्थानमा सानाठूला पहिरो खस्दा राजमार्ग अवरुद्ध हुने गरेको छ । पर्याप्त बजेट नहुँदा समय समयमा राजमार्गको स्तरोन्नति गर्न कठिनाइ भएको बताउँदै उहाँले उपलब्ध स्रोत र साधनको उपयोग गरी सडक मर्मतसम्भार गर्दै आएको बताउनुभयो ।