
काभ्रे, पुस २३ :
काउलीको उचित मूल्य नपाउँदा काभ्रेको मण्डनदेउपुर नगरपालिका ११, राम्चेवेशीका किसान चिन्तित भएका छन् ।
अहिले राम्चेवेशीको फाँटमा लगाइएको काउली निकाल्ने बेला भएको छ । राम्चेवेशीका किसानले सयौं रोपनीमा काउली लगाएका छन् ।
तरकारी लिन व्यापारीहरु खेतबारी आउने गर्छन् । खेतबारी सम्मै आइपुग्ने व्यापारीकै विश्वास र भरमा किसानले काउली बिक्री गर्ने गर्छन् । व्यापारीले तोकेकै मूल्यमै किसानले काउली बिक्री गर्ने गर्छन् ।
।
बजारमा काउलीको राम्रो मूल्य हुँदा पनि किसानले आफूले गरेको दुःख अनुसारको मूल्य नपाएको गुनासो गर्छन् ।
उपभोक्ताले बजारमा काउलीको मूल्य प्रति के.जी ४० देखि ५० रुपैयाँ तिर्दा किसानले भने प्रति के.जी १० देखि १२ रुपैंया मात्रै पाउँछन् । आफूले गरेको दुःख,परिश्रम र लगानी बापत तरकारीको उचित मूल्य नपाउँदा उनीहरुमा निराशा छाएको छ ।