बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल #जीवित देवी#एकान्त कुमारी#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#सडकमा चहलपहल#विजयादशमीको टीका#क्यासिनो#बाढीले खोस्यो दसैँको टीका#टीका लगाउन पाउँदैनन्#उपराष्ट्रपति रामसहायप्रसाद यादव#विदेशी पर्यटक#बडादसैंको टीका#राष्ट्रपति रामचन्द्र पौडेल#बडादसैँको टीका ग्रहण#निःशुल्क बस सेवा#सशस्त्र प्रहरी बल
समाचार प्रदेश बागमती प्रदेश अर्थतन्त्र

राम्चेवेशीका किसानले काउलीको उचित मूल्य पाएनन्

· सोमबार, २३ पुस, २०८१ मा प्रकाशित
राम्चेवेशीका किसानले काउलीको उचित मूल्य पाएनन्
काभ्रे, पुस २३ :

काउलीको उचित मूल्य नपाउँदा काभ्रेको मण्डनदेउपुर नगरपालिका ११, राम्चेवेशीका किसान चिन्तित भएका छन् ।

अहिले राम्चेवेशीको फाँटमा लगाइएको काउली निकाल्ने बेला भएको छ । राम्चेवेशीका किसानले सयौं रोपनीमा काउली लगाएका छन् ।

तरकारी लिन व्यापारीहरु खेतबारी आउने गर्छन् । खेतबारी सम्मै आइपुग्ने व्यापारीकै विश्वास र भरमा किसानले काउली बिक्री गर्ने गर्छन् । व्यापारीले तोकेकै मूल्यमै किसानले काउली बिक्री गर्ने गर्छन् । 
। 
बजारमा काउलीको राम्रो मूल्य हुँदा पनि किसानले आफूले गरेको दुःख अनुसारको मूल्य नपाएको गुनासो गर्छन् ।

उपभोक्ताले बजारमा काउलीको मूल्य प्रति के.जी ४० देखि ५० रुपैयाँ तिर्दा किसानले भने प्रति के.जी १० देखि १२ रुपैंया मात्रै पाउँछन् । आफूले गरेको दुःख,परिश्रम र लगानी बापत तरकारीको उचित मूल्य नपाउँदा उनीहरुमा निराशा छाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार