काठमाडौँ, पुस २४ :

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन सबैलाई आग्रह गरेका छन् । 

आज सामाजिक सञ्जालमा उनले लेखेका छन्, “हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन् । सबै सतर्क रहनुहोला, सुरक्षित रहनुहोला ।”

आज बिहान ६ बजेर ५० मिनेटमा नेपाल र चीन (तिब्बत) को सीमा क्षेत्र केन्द्रबिन्दु भएर काठमाडौँ सहित देशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।