बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार अर्थतन्त्र

१ वर्षमा मनास्लु क्षेत्रमा १० हजार विदेशी पर्यटक भित्रिए

· बुधबार, २५ पुस, २०८१ मा प्रकाशित
१ वर्षमा मनास्लु क्षेत्रमा १० हजार विदेशी पर्यटक भित्रिए
गोरखा, पुस २५ :

उत्तरी गोरखाको मनास्लु क्षेत्रमा एक वर्षमा १० हजारभन्दा बढी विदेशी पर्यटक घुम्न पुगेका छन् ।

मनास्लु क्षेत्रमा सन् २०२४ मा १० हजार छ सय पाँच जना विदेशी पर्यटकले भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) का संरक्षण अधिकृत एवं सूचना अधिकारी भुवनराज ओझाले जानकारी दिए ।

अघिल्लो वर्ष सन् २०२३ को तुलनामा गएको वर्ष एक हजार चार सय २८ जना बढी विदेशी पर्यटक मनास्लु क्षेत्रको भ्रमणमा पुगेको उनले बताए । यो अहिलेसम्मकै सबैभन्दा बढि विदेशी पर्यटकले मनास्लुको भ्रमण गरेको उनको भनाइ छ ।

सन् २०२४ मा सबैभन्दा धेरै फ्रान्सबाट एक हजार तीन सय ३५ जना विदेशी पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेको पाइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार