बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार विदेश

तीनतिरको डढेलोले उग्र रुप लियो (तस्बिरसहित)

· बुधबार, २५ पुस, २०८१ मा प्रकाशित
तीनतिरको डढेलोले उग्र रुप लियो (तस्बिरसहित)
काठमाडौं, पुस २५ :

अमेरिकाको लस एन्जलसको उपनगरीय क्षेत्रमा लागेको डढेलो नियन्त्रणबाहिर गएको छ ।

१ हजार ४ सय  भन्दा बढी अग्निनियन्त्रक अहिले डढेलो नियन्त्रणमा जुटिरहेका छन् । लस एन्जलसको उत्तर र पश्चिममा लागेको तीनवटा डढेलोले उग्र रुप लिएको छ ।

दशौं हजार बासिन्दालाई सुरक्षित स्थानमा जान भनिएको छ ।

तीव्र गतिमा आएको हावा र सुख्खा मौसमका कारण स्थिति झनै बिग्रँदै गएकाले आगो नियन्त्रणमा आउने कुनै सम्भावना नरहेको अधिकारीहरूले बताएका छन् ।

यस्तो दिन आफूहरुले कहिल्यै पनि नदेखेको आगोको ज्वाला हेरिरहेका बासिन्दाहरूले बताएका छन् ।

आगो निभाउने क्रममा २५ वर्षीया एक अग्निनियन्त्रकको टाउकोमा गहिरो चोट लागेको र उनलाई गएराति स्थानीय अस्पतालमा लगिएको लस एन्जलसको फायर डिपार्टमेन्टका प्रवक्ताले जानकारी दिएका छन् ।

सहरको अन्य भागमा हिँडिरहेका बाहिरी रुपमा जलेका पीडितहरूलाई अग्नि नियन्त्रकहरूले आवश्यक उपचारका लागि सहयोग गरिरहेको समाचार छ ।

स्थानीय समयानुसार मंगलबार साँझ साढे ६ बजे पहिलोपटक रिपोर्ट गरिएको उक्त आगलागी २० एकडमा फैलिएको थियो भने २० एकडभन्दा बढी जमिनमा लागेको आगो २० मिनेटमै बढेर २ सय एकडभन्दा बढी जमिनमा पुगेको थियो ।

कम्तिमा ३० हजार मानिसलाई घरबाट बाहिर निकाल्न आदेश दिइएको छ ।

 

यो पनि…

तस्बिरमा अमेरिकाको लस एन्जलसमा लागेको डढेलो

अमेरिकाको लस एन्जलसमा भीषण वन डढेलो, आपतकालीन अवस्थाको घोषणा

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार