आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
विदेश

अमेरिकाको लस एन्जलसमा भीषण वन डढेलो, आपतकालीन अवस्थाको घोषणा

· बुधबार, २५ पुस, २०८१ मा प्रकाशित
अमेरिकाको लस एन्जलसमा भीषण वन डढेलो, आपतकालीन अवस्थाको घोषणा
काठमाडौं, पुस २५ :

अमेरिकाको लस एन्जलसमा लागेको वन डढेलोले ठूलो रुप लिएको छ ।  

१० एकडबाट २ हजार ९ सय एकडभन्दा बढीमा फैलिएको डढेलो केही घण्टामै फैलिएपछि आपतकालीन अवस्थाको घोषणा गरिएको छ ।

३० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण को आदेश दिइएको छ ।  १३ हजार भवन खतरामा परेको बताइएको छ । केही घरसमेत जलेका छन् । 

स्थानीय समयअनुसार मंगलबार बिहान साढे १० बजे आगलागी भएको थियो ।  सो क्षेत्रमा ५० माइल प्रतिघण्टा (८० किलोमिटर प्रतिघण्टा) को गतिमा हावा चलेको छ ।

लस एन्जलस काउन्टीका अग्नि नियन्त्रक एन्थोनी मारोनले प्यासिफिक पालिसेड्स खतराबाट बाहिर नरहेको बताएका छन् ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार