काठमाडौँ, साउन २८ :

सहकारी छानबिन समितिले विभिन्न सहकारीका सञ्चालकहरूलाई बोलाएर सोधपुछ थालेको छ ।

आज सङ्घीय संसद्, प्रतिनिधि सभाअन्तर्गत् सिंहदरबारमा समितिले सुमेरु बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरूलाई बोलाएर सोधपुछ गरेको हो ।

रकम अपचलन गरेको भन्दै उजुरी परेका अन्य सहकारीका सञ्चालकहरुमाथि पनि थप सोधपुछ र अनुसन्धान गरि प्रतिवेदन तयार पार्ने समिति सदस्य ईश्वरी न्यौपानेले जानकारी दिनुभयो ।

सरकारले सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न एमाले सांसद सूर्यबहादुर थापाको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।