नवलपरासी, पुस २६ :

पूर्व- पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा फेरि सवारी साधन आवागमन अवरुद्ध भएको छ । 

मङ्लबार रातिदेखि अवरुद्ध सडक हिजो दिउँसोदेखि एकतर्फी रुपमा सञ्चालन भए पनि गएरातिदेखि फेरि अवरुद्ध भएको हो ।

शीतलहरका कारण सडक चिप्लो भएपछि मङ्गलबार रातिदेखि सवारी साधन अवरुद्ध बनेको थियो ।  शीतलहरले कच्ची सडक हिलाम्य भएर दुर्घटनाको जोखिम बढेपछि पूर्णरुपमा सवारी आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

आज बिहानैदेखि सडकमा सवारी साधनको लामो लाइन लागेको छ ।