काठमाडौँ, साउन २९ :

क्यानडामा जारी ग्लोबल टी-२० लिगको उपाधि टोरोन्टो नेसनल्सले उचालेको छ।

गएराति सम्पन्न फाइनल खेलमा टोरोन्टोले साबिक विजेता मोन्ट्रियल टाइगर्समाथि ८ विकेटको शानदार जित निकाल्दै उपाधि चुमेको हो।

टोरोन्टो नेसनल्समा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल समेत आबद्ध भएका थिए ।