
काठमाडौँ, साउन २९ :
आज अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
सरकारले विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउँदै आएको छ । सरकारले युवा लक्षित गरी ल्याइएका कार्यक्रमहरु प्रभावकारी कार्यान्वयन नहुँदा युवाका मुद्दा अपेक्षाकृतरुपमा सम्बोधन हुन नसकेको युवाहरुको गुनासो छ ।