सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा#चलचित्र विकास बोर्ड#अध्यक्ष मनिष पण्डित #नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा#चलचित्र विकास बोर्ड#अध्यक्ष मनिष पण्डित
बैंक/बीमा

कालिका लघुवित्तले १० प्रतिशत लाभांश दिने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १ माघ, २०८१ मा प्रकाशित
कालिका लघुवित्तले १० प्रतिशत लाभांश दिने
काठमाडौं, माघ १ :

पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था लि.को १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाको सञ्चालक समिति अध्यक्ष चन्द्र बहादुर क्षेत्रीको अध्यक्षतामा होटल टास्क इन्टरनेश्नल प्रा.लि. पोखराको सभा हलमा मिति २०८१ पौष २९ गते सोमवार वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

सभाले सञ्चालक समिति अध्यक्ष चन्द्रबहादुर क्षेत्रीद्वारा प्रस्तुत आव ०८०/८१ को वार्षिक प्रतिवेदन तथा विभिन्न प्रस्तावसहित शून्य दशमलव पाँच प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश र नौ दशमलव पाँच प्रतिशत बोनस सेयर पारित गरेको छ ।

संस्थाको हालको चुक्ता पुँजी वृद्धि भई ४० करोड ७६ लाख ९२ हजार ३ सय ४ पैसा ७६ पुगेको छ । साथै साधारणसभामा सर्वसम्मत रुपमा नयाँ सञ्चालक समितिको चयन पनि भएको छ । नयाँ सञ्चालक समितिमा संस्थापक समूहका तर्फबाट चन्द्रबहादुर क्षेत्री, चन्द्रबहादुर बस्नेत, रमाकुमारी शर्मा र गणेश पौडेल तथा सर्वसाधारण सेयरधनीहरुका तर्फबाट विश्वराज नेपाल र युक्तबहादुर सुवेदी निर्विरोध निर्वाचित भएका छन् ।

सोही दिन बसेको सञ्चालक समितिको बैठकले सञ्चालक चन्द्रबहादुर क्षेत्रीलाई सर्वसम्मत रुपमा पुनः अध्यक्ष चयन गरेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार