काठमाडौं, माघ ४ :

सर्वोच्च अदालतले बेचन झालाई थुनामा राख्नुको कारण माग गरेको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले आज(बिहीबार) झाको बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदनमा सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको हो।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्न रहेको अभियोगमा उनलाई उच्च अदालतको आदेश सदर गर्दै जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य अभियुक्त मानिएका झा अहिले जेलमा रहेका छन् ।

यही मुद्धामा पक्राउ परेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड लगायतका नेताहरु भने धरौटीमा छुटी सकेका छन् ।