शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण #निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण
समाचार राजनीति

नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक भदौ ७ गतेसम्मका लागि स्थगित

· सोमबार, २९ साउन, २०८१ मा प्रकाशित
नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक भदौ ७ गतेसम्मका लागि स्थगित
साउन २९ :

नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक भदौ ७ गते शुक्रबारसम्मका लागि स्थगित भएको छ। 

पार्टीको जारी बैठकमा केन्द्रीय समितिका सदस्यहरुले बोल्ने क्रम नसकिएकाले बैठक स्थगित गरिएको हो । 

भोलि प्रतिनिधि सभाको बैठकमा टिआरसी सम्बन्धि विधेयक पेश हुने र त्यसमा छलफल हुने भएकोले काँग्रेसले जारी केन्द्रीय समितिको बैठकलाई स्थगित गरेको पार्टीका कार्यालय सचिव प्रेम केसीले जानकारी दिनुभयो । 

काँग्रेसको पूर्व निर्धारित कार्यक्रम अनुसार आज साउन २८ गते केन्द्रीय समितिको बैठक सक्ने कार्यतालिका थियो ।

काँग्रेसले बैठकमा पार्टीको महासमितिको बैठकले पारित गरेका प्रस्तावहरु अनुमोदन गर्ने मुल एजेण्डा थियो। तर बैठकमा नेताहरुले पार्टीको भावी कार्यादेश र सरकार संचालन सम्बन्धि विभिन्न विषयमा चासो राखेका थिए ।

यसैगरी नेपाली काँग्रेसका पूर्व पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाको ८५ औँ जन्मजयन्तीको अवसरमा पार्टीको बैठकले हार्दिक श्रद्धासुमन व्यक्त गरेको छ।।

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार