मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो #मतदाता सूची#नामावली हटाइयो#यात्रुको चाप#नाकामा यात्रुको चहलपहल#नवकन्या#नवदुर्गाका प्रतीक#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो
खेलकुद क्रिकेट

प्रधानमन्त्री कप क्रिकेट : गण्डकीलाई पराजित गर्दै लुम्बिनीको पहिलो जित 

सक्रिय न्यूज संवाददाता · शुक्रबार, ५ माघ, २०८१ मा प्रकाशित
प्रधानमन्त्री कप क्रिकेट : गण्डकीलाई पराजित गर्दै लुम्बिनीको पहिलो जित 
बैतडी, माघ ५ :

प्रधानमन्त्री कप टी- २० महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनीले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले गण्डकीलाई ६ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो ।

गण्डकीले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले १६. २ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। 

लुम्बिनीका लागि प्लेयर अफ द म्याचसमेत चुनिएकी सरस्वती पुन ३१ रनमा अविजित रहिन् । रञ्जु श्रेष्ठले २० र आङ्गी पाठकले १८ रन बनाइन् ।

गण्डकीका लागि अपेक्षा बुढाथोकीले २ विकेट लिइन् । यसअघि गण्डकीले पूरै २० ओभर खेलमा ४ विकेटको क्षतिमा ९७ रन बनाएको थियो । गण्डकीका लागि सलिना सेनले अविजित ३३ र रेखा तामाङले २५ रन बनाइन् । 

लुम्बिनीका लागि मनिष रानाले २, मधु डीसी र आङ्गी पाठकले १- १ विकेट लिइन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार